निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ५७, नेपाली कांग्रेसले २०, नेकपा एमालेले १६, नेकपाले ९, श्रम संस्कृति पार्टीले ४ र राप्रपाले ४ सिट प्राप्त गरेका छन्।
समानुपातिकतर्फ १ करोड १२ लाख ८० हजार ६ सय १७ मत खसेकोमा १ करोड ८ लाख ३५ हजार २५ मत सदर भएको आयोगले जनाएको छ। प्रचलित कानुनअनुसार ३ प्रतिशत थ्रेसहोल्ड पार गरेका ६ दललाई मात्रै सिट बाँडफाँट गरिएको हो।
आयोगले दलहरूलाई तीन दिनभित्र समानुपातिक सांसदको नाम छनोट गरी पेश गर्न पत्राचार गरेको जनाएको छ। औपचारिक नतिजासँगै प्रतिनिधिसभामा ६ दलको प्रतिनिधित्व हुने निश्चित भएको छ।
यससँगै प्रतिनिधिसभामा रास्वपाका प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सांसद रहने छन्। नेपाली कांग्रेसका ३८, नेकपा एमालेका २५, नेकपाका १७, श्रम संस्कृति पार्टीका ७ र राप्रपाका ५ सांसद रहने छन्। प्रतिनिधिसभामा एक जना स्वतन्त्र सांसद पनि रहनेछन्।







Discussion about this post