प्रतिनिधिसभाको चुनावमा खटिएका निर्वाचन प्रहरीको आज बिदाइ

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा खटिएका अस्थायी निर्वाचन प्रहरीहरूको आज औपचारिक रूपमा बिदाइ हुँदैछ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अवि नारायण काफ्लेका अनुसार ४० कार्यदिनका लागि भर्ना भएका प्रहरीलाई धन्यवाद ज्ञापन गर्दै प्रमाणपत्र प्रदान गरिनेछ। उनीहरूले देशलाई आवश्यक परेमा पुनः सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सम्मानपूर्वक बिदाइ गरिनेछ।

निर्वाचनको प्रभावकारी सुरक्षाका लागि नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल मातहत १५ हजार १ सय १० गरी कुल १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी परिचालन गरिएको थियो।

अस्थायी प्रहरीहरूले पाउनुपर्ने पारिश्रमिक र सुविधाको रकम सम्बन्धित खातामा पठाइसकिएको छ। उनीहरूले ३४ हजार रुपैयाँ तलबसहित रासन भत्ता, यातायात भत्ता, खाजा खर्च र पोसाक भत्ता पाएका थिए।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित