प्रतिनिधिसभा निर्वाचन : रास्वपालाई दुईतिहाइ बहुमत अपुग

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै संसदमा दलहरूको शक्ति सन्तुलन स्पष्ट भएको छ। सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बने पनि दुईतिहाइ बहुमत भने पुग्न सकेको छैन।

रास्वपाले प्रत्यक्षतर्फ १२५ र समानुपातिकतर्फ ५७ गरी कुल १८२ सिट प्राप्त गरेको छ। प्रतिनिधिसभामा दुईतिहाइ बहुमतका लागि १८४ सिट आवश्यक पर्ने भएकाले रास्वपा दुई सिटले बहुमतबाट पछि परेको हो।

यस्तै नेपाली कांग्रेसले प्रत्यक्ष १८ र समानुपातिक २० गरी ३८ सिट जितेको छ भने नेकपा एमालेले प्रत्यक्ष ९ र समानुपातिक १६ गरी २५ सिट हासिल गरेको छ। नेकपाले प्रत्यक्ष ७ र समानुपातिक ९ गरी १६ सिट प्राप्त गरेको छ।

त्यस्तै श्रम संस्कृति पार्टीले ३ प्रत्यक्ष र ४ समानुपातिक गरी ७ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ प्रत्यक्ष र ४ समानुपातिक गरी ५ सिट प्राप्त गरेको छ। परिणाम सार्वजनिक भएसँगै आगामी सरकार गठनका विषयमा राजनीतिक दलहरूबीच छलफल तीव्र हुने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित