रास्वपा प्रत्यक्षमा १२५ सिट जित्दै बहुमतमा, समानुपातिक मत गणना जारी

गएको बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको सम्पूर्ण १६५ निर्वाचन क्षेत्रको प्रत्यक्ष मत परिणाम सार्वजनिक भएको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ भने समानुपातिक मत हालसम्म ५०३६८१० पुगेको छ।

नेपाली कांग्रेसले १८ सिटमा विजय हासिल गरेको छ, समानुपातिक मत १७०६७२६ पुगेको छ।
नेकपा एमालेले ९ सिट जितेको छ, समानुपातिकमा १४२३५६२ मत पाएको छ।

नेपाली कम्युनिष्ट पार्टी, नेकपाले ८ सिट जितेको छ, समानुपातिक मत ७७५६०६ पुगेको छ।
श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ, समानुपातिक मत ३६४९८४ रहेको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ, समानुपातिक मत ३२६४४१ पुगेको छ।
त्यसैगरी, एक स्वतन्त्र उम्मेदवारले प्रत्यक्षमा १ सिट जितेको छ।

समानुपातिक मत गणना अझै जारी छ। रास्वपाको बहुमतले नयाँ सरकार गठन प्रक्रिया सुरु हुने अपेक्षा गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित