पर्सामा जन्ती बोकेको भारतीय नम्बर प्लेटको गाडी दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन्।
बहुदरमाई नगरपालिका–८ निवासी साहेब सहनीको घरबाट एकडरा गाउँतर्फ जन्ती लिएर जाँदै गरेको बीआर ०५ बीएल ०४५ नम्बरको गाडी गण्डकस्थित पिपलको रुखमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा गाडीमा सवार दुई जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको पहिचान भने हालसम्म खुल्न सकेको छैन।
घाइतेलाई उपचारका लागि अस्पताल पठाइएको छ भने घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।







Discussion about this post