बालेन्द्र शाहको चुनाव खर्च सार्वजनिक

झापा क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित बालेन्द्र शाहले आफ्नो चुनाव खर्च विवरण सार्वजनिक गरेका छन । जिल्ला निर्वाचन कार्यालयमा पेश गरिएको विवरण अनुसार उनले कुल १४ लाख १४ हजार ७ सय २९ रुपैयाँ खर्च भएको उल्लेख गरेका छन्।

विवरणमा चुनाव प्रचार, घरदैलो अभियान, मतदाता प्रशिक्षण, गाडी भाडा, हवाई यात्रा, प्रचार सामग्री छपाइ र कार्यालय सञ्चालनजस्ता सबै खर्च समेटिएको छ । शाहले १५ दिनका लागि दुई वटा गाडी भाडा २ लाख ३३ हजार ५ सय रुपैयाँमा, हवाई यात्रा पाँच पटकका लागि ३५ हजार रुपैयाँमा, मतदाता प्रशिक्षण कार्यक्रमका खाना २६ हजार ९ सय ७० रुपैयाँमा खर्च भएको जनाएका छन्।

वडास्तरीय प्रचार कार्यक्रम तथा घरदैलो अभियानमा ४ लाख ५० हजार, नमूना मतपत्र छपाइमा ४४ हजार ५ सय ५०, कार्यालयका लागि पानी खर्चमा दुई महिनामा ९० हजार र स्टेशनरीमा २९ हजार ६ सय ७० रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ ।

त्यसैगरी प्रचार सामग्री छपाइ (कपडा र ब्यानर)मा १ लाख ७५ हजार ३४, प्रचार सामग्री ढुवानी र टिकटमा १ लाख १९ हजार ५ सय ५ र उम्मेदवारी दर्ता शुल्कमा १० हजार रुपैयाँ खर्च भएको छ।

यो विवरण शाहका प्रतिनिधि नवीन भण्डारीले हस्ताक्षर गरी पेश गरेका हुन् ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित