प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। हालसम्म १६५ मध्ये १६१ निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको निर्वाचन आयोगले जनाएको छ।
सार्वजनिक परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १२४ सिट जित्दै देशव्यापी रूपमा अग्रता कायम गरेको छ। नेपाली कांग्रेसले १७ सिट, नेकपा एमालेले ८ सिट र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले ७ सिटमा जीत हात पारेका छन्।
यसैगरी भदौको नवयुवा आन्दोलनपछि गठन भएको श्रम संस्कृति पार्टीले ३ सिट जितेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले १ सिट जितेको छ। एक क्षेत्रमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।
बाँकी मतगणना भइरहेका क्षेत्रमध्ये गोरखा–१ मा रास्वपाका सुदन गुरुङ, इलाम–१ मा कांग्रेसका निश्कल राई र सङ्खुवासभा–१ मा एमालेका अर्जुनकुमार कार्कीले अग्रता लिएका छन्।
धनुषा–१ मा रास्वपाको उम्मेदवारी खारेज भएकाले सो क्षेत्रको मतपरिणामलाई निर्वाचन आयोगले औपचारिक नतिजामा समावेश नगरेको जनाएको छ।







Discussion about this post