प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनमा बाराका उम्मेदवारहरूको ठूलो भागले जमानत गुमाएको छ। ११० प्रतिस्पर्धीमध्ये ९९ जनाले आवश्यक १० प्रतिशत मत नपाउँदा जमानत जफत भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
जमानत गुमाउनेमा ठूला पार्टीहरूजस्तै एमाले, कांग्रेस, नेकपा, जसपा नेपाल, जनमत, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक, श्रम संस्कृति, उज्यालो नेपाल पार्टी र परिवर्तन नेपालका उम्मेदवार समेत छन्। अधिकांस मत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फ गएपछि अन्य दल कमजोर बनेको देखिएको छ।
क्षेत्रीय विवरणअनुसार बारा-१ मा २० उम्मेदवारमध्ये १७, बारा-२ मा २९ मध्ये २६, बारा-३ मा २४ मध्ये २२, र बारा-४ मा ३७ मध्ये ३४ उम्मेदवारले जमानत गुमाएका छन्। यसले बारामा राजनीतिक प्रतिस्पर्धाको स्वरूपमा रास्वपाको प्रभुत्व स्पष्ट गरेको छ।







Discussion about this post