राजधानी काठमाडौँका तीन क्षेत्रमा रास्वपाको जीत

बिहीबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तीन जना उम्मेदवार विजयी भएका छन्। काठमाडौँ क्षेत्र नम्बर १, ६ र ८ मा रास्वपाका उम्मेदवारले जित हासिल गरेका हुन्।

काठमाडौँ–१ मा रास्वपाकी रन्जु न्यौपाने १५ हजार ४५५ मतका साथ विजयी भएकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका प्रबल थापा क्षेत्रीले ६ हजार ३६४ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ र नेपाली कम्युनिष्ट पार्टीकी मेनुका भण्डारीले ३४५ मत पाएकी छन्।

काठमाडौँ–६ मा रास्वपाका विराजभक्त श्रेष्ठ २७ हजार ७१९ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले ६ हजार ६६४ मत पाएका छन् भने नेकपा एमालेका अमनकुमार मास्के ४ हजार ३७३ मतसहित तेस्रो स्थानमा रहेका छन्।

त्यसैगरी काठमाडौँ–८ मा रास्वपाका शिशिर खनाल २४ हजार ५९२ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी सपना राज भण्डारीले २ हजार ८३५ मत प्राप्त गरेकी छन् भने नेकपा एमालेका राजेश शाक्य १ हजार ९०९ मतसहित तेस्रो स्थानमा रहेका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित