बिहिबार सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना सुरु भएसँगै पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार हरि पन्त अग्रतामा रहेका छन्।
हालसम्मको ताजा परिणाम अनुसार हरि पन्तले ७९३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटा ४८० र एमालेका प्रदीप यादव ४०५ मतमा रहेका छन्।
मतगणना प्रक्रिया जारी रहेको छ र थप परिणाम सार्वजनिक हुँदै जाने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।







Discussion about this post