प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको प्रारम्भिक नतिजामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उल्लेख्य अग्रता कायम गरेको छ। हालसम्म सार्वजनिक विवरणअनुसार रास्वपा ५२ निर्वाचन क्षेत्रमा अगाडि देखिएको छ।
त्यसैगरी नेपाली कांग्रेस ५ क्षेत्रमा, नेकपा एमाले ४ क्षेत्रमा तथा नेपाली कम्युनिस्ट पार्टी ३ क्षेत्रमा अग्रता लिइरहेका छन्। देशका विभिन्न स्थानमा मतगणना कार्य जारी रहेको र क्रमशः थप परिणाम सार्वजनिक हुँदै जाने निर्वाचन आयोगले जनाएको छ।







Discussion about this post