पर्सा जिल्लाका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना कार्य सुरु भएको छ। सर्वदलीय बैठकको निर्णयअनुसार आज बिहान १० बजेदेखि मतगणना विधिवत् रूपमा सुरु गरिएको हो।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार क्षेत्र नं. १ र २ को मतगणना वीरगंज–१० आदर्शनगरस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा भइरहेको छ भने क्षेत्र नं. ३ र ४ को मतगणना पोखरिया बजारस्थित जिल्ला उच्चाङ्गल माविमा भइरहेको छ। आज बिहान ७:३० बजेका लागि बोलाइएको सर्वदलीय बैठक साढे ९ बजे सम्पन्न भएपछि मतगणना सुरु गरिएको हो।
यसपटक पर्साका चारवटै निर्वाचन क्षेत्रलाई ‘हट सिट’ का रूपमा हेरिएको छ। पूर्वमन्त्रीहरू प्रदीप यादव, अजय चौरसिया, रमेश रिजाल र सुरेन्द्र चौधरी लगायतका हेभिवेट नेताहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण नतिजाप्रति चासो बढेको छ।
मतगणना स्थलमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ। तारजालीभित्र र सीसीटीभीको प्रत्यक्ष निगरानीमा मतगणना भइरहेको छ भने ठाकुरराम क्याम्पस र पोखरिया दुवै स्थानबाट प्रत्येक एक घण्टामा मत परिणामको अद्यावधिक सार्वजनिक गर्ने तयारी गरिएको छ। प्रारम्भिक नतिजा मध्यान्हपछि आउन सक्ने अनुमान गरिएको छ।







Discussion about this post