प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानमा पर्सा जिल्लामा प्रत्यक्षतर्फ ६८.३२ प्रतिशत र समानुपातिकतर्फ ६९.५५ प्रतिशत मतदान भएको तथ्यांक सार्वजनिक भएको छ।
जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सा–१ मा प्रत्यक्षतर्फ ६१ हजार २ सय ४६ र समानुपातिकतर्फ ६२ हजार २ सय ४९ मत खसेका छन्। पर्सा–२ मा प्रत्यक्षतर्फ ६६ हजार ५६ र समानुपातिकतर्फ ६७ हजार ५६ मत खसेको छ।
यस्तै पर्सा–३ मा कुल ६७ हजार ५ सय ४ मतदातामध्ये २९ हजार ७ सय २० महिला, ३७ हजार ७ सय ८३ पुरुष र एक अन्यले मतदान गरेका छन्। पर्सा–४ मा कुल ६५ हजार ७ सय २७ मतदातामध्ये ३० हजार २ सय ५१ महिला र ३५ हजार ४ सय ७६ पुरुषले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ।







Discussion about this post