मौन अवधीमा पैसासहित पक्राउ परेक उम्मेदवार यादव रिहा

सिराहामा उम्मेदवार यादवसहित ५ जनालाई स्पष्टीकरण बुझाउन निर्देशन

वीरगंज , २० फागुन –

सिराहा । प्रतिनिधि सभा निर्वाचनको मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) सिराहा–३ का उम्मेदवार अशेश्वर यादवसहित ५ जनालाई निर्वाचन अधिकृतको कार्यालयले ३ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको छ।

सिराहाका मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार सम्पूर्ण कागजात अध्ययनपछि ३ दिनभित्र स्पष्टीकरण बुझाउने समय सीमा तोकिएको हो। पक्राउ परेका ५ जनालाई तत्काल छोडिएको भए पनि बरामद रकम र गाडी तत्काल सिज गरिएको छ।

प्रहरीले माडर नजिकै संयुक्त चेकजाँचको क्रममा यादवसहितको समूहलाई ४ लाख ८७ हजार रुपैयाँसहित नियन्त्रणमा लिएको थियो। समूहमा विष्णुपुर–५ का ३२ वर्षीय श्यामकुमार यादव, ३५ वर्षीय रामप्रवेश यादव, ४० वर्षीय बप्रेन्द्रकुमार यादव र सवारी चालक जितेन्द्रकुमार महतो पनि थिए।

निर्वाचनको मौन अवधिमा आर्थिक लेनदेन गर्ने उम्मेदवार वा राजनीतिक दललाई निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) अनुसार जरिवाना गर्न सकिने र ६ महिनासम्म जरिवाना नबुझाए ६ वर्षसम्म निर्वाचनमा उम्मेदवार बन्न अयोग्य ठहराउन सकिने व्यवस्था छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित