सामाजिक सद्भाव बिगार्ने प्रयासमा रहेका ३ जना वीरगंजबाट पक्राउ

निर्वाचन सुरक्षालाई लक्षित गर्दै नेपाली सेनाले वीरगञ्जमा सञ्चालन गरेको विशेष सर्च अभियानका क्रममा तीन जना पक्राउ परेका छन्। श्रीजंग गणको नेतृत्वमा गएराति करिब २ बजे वीरगञ्ज महानगरपालिका–१६ इनर्वा क्षेत्रमा गरिएको अपरेशनमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

सेनाका अनुसार पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अवजित यादव रहेका छन्। उनीहरूको साथबाट ९ पिस सुतली बम, २ थान मोबाइल, एक पावर बैंक, एक चार्जर, केही तार तथा सुंगुरको टाउको बरामद गरिएको उपसेनानी विकास मरहठ्ठाले जानकारी दिए।

सुरक्षा निकायले बरामद सामग्रीले धार्मिक सद्भाव खल्बल्याउन सक्ने प्रारम्भिक संकेत देखिएको जनाएको छ। पक्राउ परेकामाथि आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित