वीरगंज नाकाबाट चालु आवमा आयातमा १२% वृद्धि,

वीरगंज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा रु ५ खर्ब १९ अर्ब १ करोड मूल्य बराबरका वस्तु तथा सामान आयात गरिएको छ। गत आवको सोही अवधिको तुलनामा रु ५७ अर्ब ३१ करोड अर्थात् १२ प्रतिशत बढी आयात भएको छ।

वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा पेट्रोलियम पदार्थ र फलाम तथा फलामबाट बनेका सामानहरुको आयात उल्लेखनीय रूपमा बढी देखिएको छ। गत आवको सात महिनामा रु ४ खर्ब ६० अर्ब २३ करोड मूल्य बराबरका सामान आयात भएको थियो।

चालु आवमा रु १ खर्ब ८ अर्ब ४३ करोड मूल्यको पेट्रोलियम पदार्थ, रु ४६ अर्ब १६ करोड मूल्यको फलाम तथा फलामबाट बनेका सामान, रु ३५ अर्ब ८७ करोड मूल्यको मेसिनरी तथा पार्टपुर्जा, रु ३५ अर्ब ६७ करोड मूल्यको भटमासको कच्चा तेल र रु २७ अर्ब ९८ करोड मूल्यको इलेक्ट्रिक मेसिनरी, उपकरण र पार्टपुर्जा आयात गरिएको भन्सारले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित