चालू आर्थिक वर्षको विकास बजेटको खर्च २० प्रतिशतमात्र

चालू आर्थिक वर्ष २०८२/८३ को आठ महिना बित्न लाग्दा पनि सरकारले छुट्याएको पूँजीगत बजेटको केवल १८.५९ प्रतिशत मात्र खर्च भएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार फागुन १७ गतेसम्म विकासका लागि ४ खर्ब ७ अर्ब रुपैयाँमध्ये ७५ अर्ब ८३ करोड ४३ लाख मात्र खर्च भएको छ।

नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले बजेट खर्च नहुँदा निर्माण क्षेत्र ठप्प रहेको बताए। उनका अनुसार ठेक्का रद्द, आर्थिक स्रोतको अभाव र मजदुरको कमीकमजोरीले काम प्रभावित भएको छ। सिंहले भने, “निर्माण क्षेत्र चलायमान भए अन्य धेरै क्षेत्रहरूमा गतिविधि बढ्नेछ।”

यस तथ्याङ्कले सरकारले छुट्याएको विकास बजेट प्रयोगमा ढिलाइ भइरहेको र अर्थतन्त्रमा यसको प्रत्यक्ष प्रभाव परेको देखाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित