पर्सा क्षेत्र नं १मुख्य प्रतिस्पर्धा एमाले र रासपाबीच केन्द्रित भएको छ”

वीरगञ्ज, पर्सा । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा प्रतिनिधिसभा चुनावको माहोल तातेको छ। स्थानीय तहदेखि गाउँ–टोलसम्मको छलफल र भेटघाट कार्यक्रममा देखिएको उपस्थितिका आधारमा यहाँका मतदाताको झुकाव केही उम्मेदवारतर्फ स्पष्ट देखिन थालेको छ।
स्थानीय स्रोतका अनुसार प्रदीप यादव (नेकपा एमाले) हाल अग्रपंक्तिमा देखिएका छन्। घरदैलो अभियान, टोल–सभा र युवा समूहसँगको प्रत्यक्ष संवादका कारण उनीप्रति मतदाताको आकर्षण बढेको एक स्थानीयले दाबी गरेका छन्। विकास निर्माण, रोजगारी र पूर्वाधार सुधारका एजेन्डा लिएर मैदानमा उत्रिएका यादवले अघिल्लो कार्यकालका कामलाई समेत प्रचारको मुख्य आधार बनाएका छन्।
त्यसैगरी दोस्रो स्थानमा हरी पन्त रहेका बताइन्छ, जो राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का उम्मेदवार हुन्। वैकल्पिक राजनीतिक शक्ति र नयाँ अनुहारको एजेन्डाले युवापुस्तामा आकर्षण देखिएको स्थानीय विश्लेषण छ। पन्तले सुशासन, पारदर्शिता र भ्रष्टाचार नियन्त्रणलाई मुख्य मुद्दा बनाउँदै चुनावी अभियान अघि बढाइरहेका छन्।
अन्य दलका उम्मेदवारप्रति भने मतदाताको खासै चासो नदेखिएको ती स्थानीयको भनाइ छ। “यसपटक मुख्य प्रतिस्पर्धा एमाले र रासपाबीच केन्द्रित भएको छ” उनले भने, “अन्य पार्टीहरू जनतामाझ प्रभाव जमाउन सकेका छैनन्।”
यद्यपि औपचारिक मत परिणाम आउन बाँकी रहेकाले चुनावी समीकरण अन्तिम समयसम्म परिवर्तन हुन सक्ने राजनीतिक विश्लेषकहरू बताउँछन्। पर्सा–१ मा जातीय, भौगोलिक तथा दलगत समीकरणले अन्तिम नतिजामा प्रभाव पार्ने देखिन्छ।
चुनाव नजिकिँदै जाँदा उम्मेदवारहरूको प्रचार–प्रसार थप तीव्र बनेको छ भने मतदाताहरू पनि आफ्ना मुद्दा र अपेक्षालाई प्राथमिकतामा राखेर निर्णय गर्ने तयारीमा

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित