सुनकोे भाउ बढेको बढे

काठमाण्डाै – कारोबार हुने हप्ताको पहिलो दिन आज आइतवार सुनचाँदीको भाउ बढेको छ ।

सुनको भाउ आज एकैदिन तोलामा ५ हजार ६ सय रुपैयाँले बढेको हो । भाउ बढेर सुन तोलाको ३ लाख २० हजार नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलाको ३ लाख २० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलाको ३ लाख १४ हजार ९ सय रुपैयाँ रहकाे थियो । हिजो मध्यपूर्वका देशमा तनाव बढेसँगै त्यसको प्रभाव सुनचाँदीको भाउमा परेको हुन सक्ने व्यवसायीको अनुमान छ ।

आज चाँदीको भाउ तोलामा २ सय ४५ रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ५ हजार ९ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । शुक्रवार चाँदीको भाउ तोलाको ५ हजार ७ सय ४० रुपैयाँ रहेको थियो ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित