मध्यपूर्वमा हुने उडान स्थगित, त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र

वीरगंज , १७ फागुन –

मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिका कारण विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् । हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान पनि रद्द भएका छन् ।

यूएईकाे आबुधाबी, शारजहा, दुबई तथा कतारकाे दोहा, कुबेत सिटी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो दिउँसो र रातिका सबै उडान रद्द भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यी विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट हुने सबै उडान रद्द गरिएका छन् । उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने विमानस्थलले जनाएको छ ।

यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ । उडान रद्द हुँदा मध्यपूर्वका विभिन्न क्षेत्रमा जान लागेका यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित