पर्सा निर्वाचन–होलीमा सुरक्षा कडा, मतदानस्थलमा चौकसी बढाइयो

पर्सा क्षेत्र–१ देखि–४ मा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन र त्यसअघि पर्ने होली पर्वलाई ध्यानमा राख्दै सुरक्षा कडा गरिएको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त व्यवस्था अन्तर्गत मतदान स्थल र वरिपरिका क्षेत्रमा चौकसी बढाइएको छ।

श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीका अनुसार चार तहको सुरक्षा संयन्त्र लागू गरिएको छ। जोखिमयुक्त मतदान स्थललाई विशेष निगरानीमा राखी चेकपोइन्ट व्यवस्था, मोबाइल गस्ती र मतपेटिका ढुवानीमा पनि सुरक्षा सुनिश्चित गरिएको छ।

सुरक्षा निकायले नागरिक, राजनीतिक दल र सरोकारवालासँग सहकार्य गरेर मतदान र होली पर्व दुवैलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्य राखेको छ। कानूनविपरीत गतिविधिमा संलग्न जो–कोहीमाथि तत्काल कारबाही गरिने चेतावनी पनि जारी गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित