संखुवासभा र ताप्लेजुङको सीमा क्षेत्रमा आज बिहान ४.७ म्याग्निच्युडको भूकम्प गएको छ।
बिहान ३ बजेर १८ मिनेटमा गएको भूकम्पको केन्द्रविन्दु संखुवासभाको टोप्के गोला आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का संखुवासभा र ताप्लेजुङका विभिन्न स्थानमा महसुस गरिएको भए पनि हालसम्म मानवीय तथा भौतिक क्षतिको कुनै विवरण प्राप्त नभएको ती जिल्लाका सुरक्षा अधिकारीहरूले बताएका छन्।







Discussion about this post