अनिल रुङटाले सार्वजनिक गरे पर्सा–१ का लागि प्रतिज्ञापत्र

वीरगंज , १४ फागुन –

पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य उम्मेदवार अनिल रुङटा ले आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका छन्।

नेपाली कांग्रेस पर्सा क्षेत्र नम्बर – १ को सम्पर्क कार्यालय वीरगंजमा आयोजित पत्रकार सम्मेलनमा रुङटाले ‘मेरो प्रतिज्ञा’ पत्र मार्फत क्षेत्रको समग्र विकास, सुशासन प्रवर्द्धन र दीगो नीतिगत सुधारमा आफ्नो प्रतिबद्धता व्यक्त गरेका छन्।

उनी प्रतिज्ञापत्र कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आफ्नो योजना मतदातासम्म पुर्‍याउने विश्वास पनि व्यक्त गरेका छन्।

रुङटाले प्रतिज्ञापत्रमार्फत पर्सा–१ का नागरिकको अपेक्षा सम्बोधन गर्दै विकास र स्थायित्वको पक्षमा जनमत जुटाउने प्रतिवद्धता जनाएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित