शेयर बजार दोहोरो अंकले वृद्धि

 

शेयर बजार परिसूचक नेप्से आज १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ।

आज फाइनान्स, म्यूचुअल फण्ड र व्यापार समूह बाहेक सबै समूहको शेयर मूल्य बढ्दा जीवन विमा समूहमा करिब साढे एक प्रतिशत भन्दा बढीको वृद्धि भएको छ।

आज साल्पा विकास बैंक र रिलायन्स स्पिनिङ मिलका शेयरमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, समग्र बजार बढेको दिन हिमालयन पावर कम्पनीको शेयर झन्डै ६ प्रतिशतले घटेको छ।

बजारसँगै कारोबार रकम पनि सामान्य वृद्धि भएको छ। हिजो ४ अर्ब २३ करोड २४ लाख रुपैयाँको कारोबार भएकोमा आज ३ सय ३३ कम्पनीका १ करोड ४ लाख कित्ता शेयर ४ अर्ब ४५ करोड ११ लाख रुपैयाँमा किनबेच भएका छन्।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित