पर्सा–१ : एमाले र रास्वपाबीच मुख्य प्रतिस्पर्धा, कांग्रेस तेस्रो स्थानमा सीमित हुने सम्भावना

पर्सा क्षेत्र नं. १ मा चुनावी माहोल दिनप्रतिदिन तात्दै गएको छ। स्थानीय राजनीतिक वृत्तमा यसपटक मुख्य प्रतिस्पर्धा नेपाल कम्युनिस्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच हुने आँकलन गरिएको छ।

स्थानीय मतदाताहरूले कांग्रेसका उम्मेदवारले समाजमा दीर्घकालीन लगानी नगरेको र केवल पैसाको बलमा चुनाव जित्ने रणनीति अपनाएको आरोप लगाएका छन्। एक मतदाताले भने, “पैसाको बलमा मात्र चुनाव जितिन्छ भन्ने सोच अब काम लाग्दैन। मतदाताहरू विकास, पारदर्शिता र निरन्तर सामाजिक संलग्नतालाई प्राथमिकता दिइरहेका छन्।”

तर, कांग्रेस पक्षले यस्तो दाबीलाई राजनीतिक प्रचारको हिस्सा भएको बताउँदै आफ्नो संगठन मजबुत रहेको र अन्तिम नतिजाले सबैलाई आश्चर्यचकित पार्ने दाबी गरेको छ।

पर्सा–१ मा यसपटकको चुनाव प्रतिष्ठाको लडाइँका रूपमा हेरिएको छ। मतदाताको अन्तिम निर्णयले क्षेत्रको वास्तविक शक्ति सन्तुलन स्पष्ट पार्नेछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित