उज्यालो नेपाल पार्टीका उम्मेदवार सिंहको वीरगंजका विभिन्न टोलमा घरदैलो

उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ को मुरली गाउँ तथा वडा नम्बर ०८ अन्तर्गत मुरली बगैंचा र पानीटंकी टोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलोका क्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई फूलमाला र खादा लगाई स्वागत तथा सम्मान गरेका थिए। भेटघाटमा स्थानीय तथा युवाहरूले विकास र रोजगारीका विषयमा विगतमा आश्वासन मात्र पाएको गुनासो व्यक्त गर्दै यसपटक परिणाममुखी उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

कार्यक्रममा सहभागीहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ को नेतृत्वको प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरे।

उम्मेदवार सिंहले निर्वाचित भएपछी शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने तथा स्थानीय उद्योग–कलकारखानामा स्थानीयलाई रोजगारीमा प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याउने पनि बताउनुभयो।

घरदैलो कार्यक्रममा स्थानीयवासीहरूको उत्साहजनक सहभागिता रहेको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित