रौतहट जिल्ला अदालतले आज आइतबारका लागि तय भएका सबै किसिमका काम कारबाही स्थगित गरिएको जनाएको छ।
गौर नगरपालिकामा अर्को आदेश नआएसम्म लागू हुने गरी अनिश्चितकालीन कर्फ्यू जारी भएपछि अदालतको सेवा प्रवाह प्रभावित भएको हो।
अदालतले सार्वजनिक सूचना जारी गर्दै आज अदालतबाट प्रदान गरिने सम्पूर्ण सेवा स्थगित रहने र यस दिनका लागि तोकिएका तारिख तथा म्यादसमेत नगुज्रिने स्पष्ट पारेको छ।
गौर नगरपालिका–६ अन्तर्गत सनगढा गाउँमा दुई समुदायबीच भएको झडप उग्र बनेपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरेको हो।
प्रशासनका अनुसार विवाद समाधानका लागि हाल सर्वपक्षीय बैठक जारी छ र अवस्था सामान्य बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ।







Discussion about this post