उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा उम्मेदवार रामकिशोर सिंह (पराग)ले वीरगञ्ज महानगरपालिका–३२ परसवा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ। कार्यक्रममा स्थानीयवासी र युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीयहरूले विगतका उम्मेदवारहरूले विकास र रोजगारीमा आश्वासन मात्र दिएको गुनासो गर्दै यसपटक सक्षम र परिणाममुखी उम्मेदवारलाई समर्थन गर्ने बताएका छन्। कार्यक्रममा कुलमान घिसिङको कार्यशैलीको प्रशंसा गर्दै उम्मेदवार सिंहप्रति समर्थन व्यक्त गरिएको थियो।
उम्मेदवार सिंहले निर्वाचित भए शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेर स्थानीय समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीयले सिंहलाई स्वागत गर्दै आगामी निर्वाचनमा सफलताको शुभकामना दिएका छन्।







Discussion about this post