आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सामा गरिएको कर्मचारी खटनपटनप्रति शिक्षक समुदायले आपत्ति जनाएको छ। उनीहरूले निर्वाचन व्यवस्थापनमा निजामती कर्मचारीलाई बढी प्राथमिकता दिइएको र अनुभवी तथा वरिष्ठ शिक्षकहरूलाई पाखा लगाइएको आरोप लगाएका छन्।
शिक्षकहरूका अनुसार जिल्लाका १६७ मतदानस्थल र ४४१ मतदान केन्द्रका लागि खटाइएका जनशक्तिमध्ये अधिकांश निजामती कर्मचारी छन् भने शिक्षकको सहभागिता न्यून छ।
कतिपय अवस्थामा एउटै शिक्षकको नाम दुई–तीन स्थानमा समावेश गरिएको र पछि संशोधनको नाममा निजामती कर्मचारीका नातेदारलाई खटाउने प्रयास भएको दाबी गरिएको छ। निर्वाचन अधिकृतको जिम्मेवारीमा समेत शिक्षकलाई सीमित मात्रामा समावेश गरिएको उनीहरूको भनाइ छ।
यस विषयमा जिल्ला निर्वाचन कार्यालय पर्सा क्षेत्र नं. २ का प्रमुख निर्वाचन अधिकृत मधुसूदन आचार्यले तयारीका क्रममा केही व्यवस्थागत त्रुटि भएको स्वीकार गरे। तर उनले कर्मचारी खटनपटनमा जानाजानी विभेद नगरिएको र निर्वाचनलाई समयमै सम्पन्न गराउन निजामती कर्मचारीलाई प्राथमिकतामा राखिएको स्पष्ट पारे।







Discussion about this post