रौतहटको सम्प्रदायिक हिंसामा संलग्न रहेको आरोपमा जनमतका जिल्ला संयोजक पक्राउ

रौतहटको गौरमा भड्किएको हिंसात्मक घटनामा संलग्न रहेको आरोपमा प्रहरीले जनमत पार्टीका जिल्ला संयोजक शेख जमशेदलाई पक्राउ गरेको छ। गौर नगरपालिका–६ सवगढामा दुई समुदायबीच भएको झडपसँग जोडेर उनलाई घरबाटै नियन्त्रणमा लिएर जिल्ला प्रशासन कार्यालय पुर्‍याइएको हो।

मस्जिदको बाटो हुँदै जन्तीको गाडी गएको विषयबाट सुरु भएको विवाद बिहीबार साँझ हिंसात्मक बनेको थियो। शुक्रबार प्रशासनले दुवै पक्षबीच ६ बुँदे सहमति गराए पनि शनिबार बिहान पुनः झडप भएपछि प्रशासनले गौरका विभिन्न क्षेत्रमा कर्फ्यु लागू गरेको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालका अनुसार घटनामा १० जना सामान्य घाइते भएका छन् भने २० जनालाई नियन्त्रणमा लिइएको छ। झडपका क्रममा ७ मोटरसाइकल र १ जीप आगजनीमा नष्ट भएका छन्। स्थिति नियन्त्रणमा लिन प्रहरीले ५० भन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै हवाई फायरसमेत गरेको जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित