पर्सामा स्वतन्त्र उम्मेदवार ‘अदृश्य’, मतदातामा आशङ्का

पर्सा जिल्लामा प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै गए पनि स्वतन्त्र उम्मेदवारहरूको गतिविधि भने अत्यन्त कमजोर देखिएको छ । दलका उम्मेदवारहरू घरदैलो र सभामार्फत सक्रिय रहँदा स्वतन्त्र उम्मेदवारहरू देखिन छाडेपछि मतदातामा आशङ्का बढेको छ ।

जिल्लाका चारै निर्वाचन क्षेत्रका मतदाताले स्वतन्त्र उम्मेदवार न प्रचारमा देखिएको न मत माग्न आएको गुनासो गरेका छन् । यसले उनीहरू साँच्चिकै प्रतिस्पर्धाका लागि नभई दलका उम्मेदवारलाई सहयोग गर्ने ‘डमी’ मात्र हुन् कि भन्ने प्रश्न उठेको छ ।

निर्वाचन आयोगको आचारसंहिताले सबै उम्मेदवारलाई समान प्रचार अधिकार दिएको भए पनि व्यवहारमा स्रोत–साधनको अभावले स्वतन्त्र उम्मेदवार पछि परेको स्वीकार निर्वाचन अधिकारीहरू पनि गर्छन् । तर पूर्ण निष्क्रियता अस्वाभाविक भएको उनीहरूको भनाइ छ ।

पर्साका चार क्षेत्रबाट ९७ उम्मेदवारमध्ये ४४ जना स्वतन्त्र रहे पनि एकाधबाहेक कोही प्रचारमा नदेखिँदा स्वतन्त्र उम्मेदवारीको विश्वसनीयतामाथि नै प्रश्न उठ्न थालेको छ ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित