अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ १० प्रतिशत आयात शुल्क (ट्यारिफ) घोषणा गर्नुभएको छ। यसअघि लागु गरेको विश्वव्यापी ट्यारिफ अमेरिकी सर्वोच्च अदालतले खारेज गरेपछि ट्रम्पले यो नयाँ करको घोषणा गरेका छन।
उनले १० प्रतिशत ट्यारिफ यसै हप्तादेखि लागू हुने र १५० दिनसम्म अस्थायी रहने बताए। अदालतको आदेश अनुसार विगतको ट्यारिफ फिर्ता नहुने पनि उनले संकेत गरे। ट्रम्पले ट्यारिफ जारी राख्न अब अन्य कानुनी उपाय प्रयोग गर्न सक्ने आशय व्यक्त गर्नुभएको बीबीसीले जनाएको छ।
उनले ट्यारिफले अमेरिकामा लगानी र उत्पादन बढाउन सहयोग पुग्ने दाबी गरे। तर अमेरिकी सर्वोच्च अदालतको फैसलाले विश्वव्यापी व्यापारमा नयाँ अनिश्चितता सिर्जना गरेको छ। अदालतले राष्ट्रपतिको अधिकार क्षेत्रभन्दा बाहिर ट्यारिफ लागु गर्नु गलत भएको उल्लेख गर्दै फैसलामा यसलाई बदर गरेको छ।
गत वर्ष मेक्सिको, क्यानडा, चीन लगायतका देशमा विस्तार गरिएको ट्यारिफले अमेरिका भित्रिने सामग्री महँगो हुने चिन्ता थपिएको थियो। ट्रम्पले भनेको नयाँ करले अमेरिकी उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पर्ने उहाँको तर्क रहेको छ।







Discussion about this post