पर्सा निर्वाचन क्षेत्र नं. १ मा चुनावी सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो गतिविधि तीव्र पारेको छ।
रास्वपाका उम्मेदवार हरि पन्तले वीरगन्ज महानगरपालिका–१५ भिस्वास्थित रामनगर चौकमा सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।
उद्घाटन कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, युवाहरू र सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।
सो अवसरमा उम्मेदवार पन्तले वैकल्पिक राजनीति, पारदर्शिता र सुशासनलाई आफ्नो मुख्य एजेन्डा बनाउँदै जनताको प्रत्यक्ष सहभागितामा आधारित राजनीति अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा वक्ताहरूले पर्सामा विकास, रोजगारी, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयलाई प्राथमिकतामा राखेर राजनीति हुनुपर्नेमा जोड दिए।
छोटो समयमै देशभर संगठन विस्तार गरिरहेको रास्वपाले पर्सामा पनि आफ्नो आधार मजबुत बनाउने रणनीति लिएको देखिन्छ।
पार्टी सभापति रवि लामिछानेको नेतृत्वमा उदाएको रास्वपाको सक्रियतासँगै पर्सा–१ मा विभिन्न दलबीचको प्रतिस्पर्धा थप चर्किने अनुमान गरिएको छ।







Discussion about this post