रामकिशोर सिंहको कुम्हालटोल–रामटोलमा चुनावी घरदैलो

पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नं. ०७ अन्तर्गत कुम्हालटोल र रामटोलमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

घरदैलोका क्रममा उहाँले स्थानीयवासी र युवासँग प्रत्यक्ष भेटघाट गर्दै बस्ती व्यवस्थापन, नाला तथा सडक विकास, शिक्षा र स्वास्थ्य सेवासम्बन्धी समस्याबारे गुनासा र सुझाव सुन्नुभयो। युवाहरूले रोजगारीको अभावका कारण केही युवा लागुऔषधको चपेटामा परेको विषय उठाएपछि उम्मेदवार सिंहले निर्वाचित भए लगत्तै रोजगारी सिर्जना, सीपमूलक तालिम र स्वरोजगार कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

स्थानीयवासीहरूले परिणाममुखी नेतृत्वको आवश्यकता औंल्याउँदै उम्मेदवारप्रति विश्वास व्यक्त गरेका छन्। घरदैलो कार्यक्रममा स्थानीय युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित