जनता समाजवादी पार्टी (जसपा) नेपालका पर्सा–१ का उम्मेदवार रामनरेश यादवले निर्वाचन प्रचारप्रसारका क्रममा पूर्वसहकर्मी प्रदिप यादवलाई गम्भीर राजनीतिक र नैतिक प्रश्न उठाएका छन्।
सभालाई सम्बोधन गर्दै यादवले मधेस आन्दोलनमा वीरगन्जको भूमिमा बगेको रगतको अपमान गर्दै प्रदिप यादवले पद र शक्ति आर्जनका लागि नेकपा (एमाले) मा प्रवेश गरेको आरोप लगाए। उनले भने, “अवसरवादी राजनीतिले मधेस र मधेसी जनताको हित कहिल्यै गर्दैन।”
नेता यादवले प्रदिप यादवलाई पार्टीले स्थापना गरेको, पटक–पटक सांसद र तीन–तीन पटक मन्त्री बनाएको स्मरण गर्दै व्यक्तिगत महत्त्वाकांक्षाका लागि सिद्धान्तलाई तिलाञ्जली दिने प्रवृत्तिलाई जनताले यसपटक उचित जवाफ दिनेछन् भन्ने विश्वास व्यक्त गरे।







Discussion about this post