कालोसूचीबारे पाण्डेलाई आयोगको ७ दिने स्पष्टीकरण अल्टिमेटम

पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेको उम्मेदवारी खारेज हुने अवस्थामा पुगेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पाण्डेविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता गरेका हुन्। बैंकका अनुसार पाण्डे र उनका कम्पनी आ.पी. ट्रेड प्रा.लि. ले करिब २० करोड रुपैयाँ कर्जा चुक्ता गर्न सकेका छैनन् र त्यसपछि माघ १८ गतेदेखि पाण्डेलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राखेको छ।

उजुरी आएपछि निर्वाचन आयोगले पर्सा–३ का निर्वाचन कार्यालयलाई छानबिन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरण दिन पत्र काटिएको छ। तय समयभित्र आधिकारिक कर्जा चुक्ता प्रमाण पेश नगरेको खण्डमा आयोगले उम्मेदवारी खारेजका लागि सिफारिस गर्नेछ।

पाण्डेले भने आफूले केही रकम तिरेको दाबी गर्दै विषयलाई ‘मिडियाबाजी’ भनेका छन्। तर कर्जा सूचना केन्द्रको अभिलेख अनुसार सोमबारसम्म पनि उनको नाम कालोसूचीमै छ। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कालोसूचीमा रहेका व्यक्तिहरू उम्मेदवार बन्न पूर्णतः अयोग्य छन्। निर्वाचन आयोगको अन्तिम निर्णयपछि मात्रै पाण्डेको चुनावी भविष्य तय हुनेछ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित