कालोसूची प्रकरणले एमाले उम्मेदवार रुपेश पाण्डेको उम्मेदवारी धरापमा

वीरगंज , ४ फागुन –

पर्सा निर्वाचन क्षेत्र नं. ३ मा नेकपा (एमाले) का उम्मेदवार रुपेश कुमार पाण्डेको उम्मेदवारी खारेजीतर्फ प्रक्रिया अघि बढेको छ। कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको भन्दै नेपाल इन्भेष्टमेन्ट मेगा बैंक ले निर्वाचन आयोग मा उजुरी दिएपछि पाण्डेको चुनावी भविष्य संकटमा परेको हो।

बैंकका अनुसार पाण्डे र उनको कम्पनी आ.पी. ट्रेड प्रा.लि. ले करिब २० करोड रुपैयाँ कर्जा चुक्ता गर्न नसकेपछि माघ १८ गतेदेखि औपचारिक रूपमा कालोसूचीमा राखिएको हो। कालोसूचीमा पर्ने जानकारी हुँदाहुँदै पनि माघ ६ गते मनोनयन दर्ता गराएको दाबी गर्दै बैंकले माघ २७ गते आयोगमा उजुरी दर्ता गराएको जनाएको छ।

उजुरीपछि आयोगले छानबिनका लागि पर्सा क्षेत्र नं. ३ को निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ। निर्वाचन अधिकृत बुद्धिलाल श्रेष्ठका अनुसार माघ २९ गते पाण्डेलाई ७ दिनभित्र स्पष्टीकरण पेश गर्न पत्र काटिएको छ। फागुन ६ गतेभित्र सन्तोषजनक जवाफ वा कर्जा चुक्ता भएको आधिकारिक कागजात नआए उम्मेदवारी खारेजीका लागि सिफारिस गरिनेछ।

पाण्डेले आफूले आंशिक रकम तिरेको र यो विषय ‘मिडियाबाजी’ भएको दाबी गरे पनि सोमबारसम्म कर्जा सूचना केन्द्रको रेकर्डमा उनी कालोसूचीमै देखिएको छ। बैंकले एकमुष्ट कर्जा नतिरेसम्म नाम नहटाउने अडान लिएपछि उनी थप कानूनी संकटमा परेका छन्।

प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार कालोसूचीमा रहेको व्यक्ति उम्मेदवार बन्न अयोग्य हुन्छ। साथै, गलत स्वघोषणा प्रमाणित भए उम्मेदवारी जुनसुकै बेला बदर हुन सक्ने कानूनी व्यवस्था छ। निर्वाचनको मुखमै यस्तो अवस्था आएपछि एमालेभित्र समेत खैलाबैला मच्चिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित