आइसिसी टी–२० विश्वकप २०२६ मा नेपालले समूह चरणको लगातार तेस्रो खेलमा वेस्ट इन्डिजसँग ९ विकेटले पराजय भोगेको छ। यससँगै नेपाल सुपर–८ प्रवेशबाट बाहिर भइसकेको छ।
नेपालले दिएको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५.२ ओभरमा एक विकेट गुमाएर पूरा गर्यो। कप्तान शाइ होप ६१ रन नटआउट र शिमरन हेटमेयर ४६ रन नटआउट रहँदै जित सुनिश्चित गरे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५८ रन बनाउँदै टोलीलाई केही राहत दिए पनि नियमित विकेट हराउँदै १३३ रनमा अलआउट भएको थियो। बलिङमा वेस्ट इन्डिजका जेसन होल्डरले चार विकेट लिए।
नेपालले समूह अन्तिम खेल मंगलबार स्कटल्यान्डसँग खेल्नेछ।







Discussion about this post