पर्सा क्षेत्र नम्बर २ मा चुनावी सरगर्मी बढ्दै जाँदा आरोप–प्रत्यारोपको राजनीति चुलिएको छ। नेपाली कांग्रेसका उम्मेदवार अजय चौरसियामाथि सखुवा प्रसौनी नगरपालिकाका मेयर जसवन्त यादवले गम्भीर आरोप लगाएका छन्।
मेयर यादवले सार्वजनिक रूपमा बोल्दै उम्मेदवार “नेपालको कानुन नै बेच्ने कार्यमा संलग्न रहेको” आरोप लगाएका छन्। उनले उक्त विषयमा छानबिन हुनुपर्ने मागसमेत गरेका छन्।
आरोप सार्वजनिक भएसँगै क्षेत्रको राजनीतिक वृत्त तातेको छ। कांग्रेस पक्षका नेताहरूले भने आरोपलाई निराधार, भ्रामक र चुनावी प्रचारको हिस्सा भएको दाबी गर्दै प्रमाणसहित पुष्टि गर्न चुनौती दिएका छन्।







Discussion about this post