पर्सा–१ मा रुङटाको अन्तरक्रिया, स्थानीय समस्यामाथि छलफल

पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार अनिल रुङटाले वीरगञ्ज महानगरपालिका–१५ मा स्थानीय बासिन्दासँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन्।

कार्यक्रममा स्थानीयवासीले सडक, खानेपानी, सरसफाइ र युवाका लागि रोजगारी अवसर सिर्जनालगायत विकास निर्माणका विषयमा आफ्ना धारणा राखेका थिए।

उक्त अवसरमा रुङटाले जनतासँग प्रत्यक्ष संवाद गर्दै क्षेत्रको समग्र विकास, पूर्वाधार विस्तार र जनचाहनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

स्थानीय समस्या समाधानलाई प्राथमिकतामा राख्ने उल्लेख गर्दै उनले जनताको सुख–दुःखमा सधैं साथ रहने बताए।

कार्यक्रममा पार्टी कार्यकर्ता, समर्थक र स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति रहेको थियो।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित