पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट उम्मेदवारी दिएका नन्दु श्रीवास्तवमाथि विभिन्न राजनीतिक वृत्तमा विवादित टिप्पणीहरू सार्वजनिक भएका छन्। केही स्थानीय व्यक्तिहरूले श्रीवास्तव ‘अरूको बुई चढेर राजनीति मा आएको’ भन्दै आलोचना गरेका छन्।
स्थानीय स्रोतका अनुसार, श्रीवास्तवको जनतामाझ प्रत्यक्ष सामाजिक लगानी वा सक्रियता खासै नदेखिएको आरोप लगाइएको छ। “निर्वाचनको बेला मात्र देखिने, तर जनताको दुःख–सुखमा सक्रिय उपस्थिति नदेखिएको” भन्दै केही मतदाताले असन्तुष्टि व्यक्त गरेका छन्।
यद्यपि, श्रीवास्तव निकट स्रोतहरूले भने यी आरोपहरू राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गरेका छन्।
उनीहरूले श्रीवास्तव लामो समयदेखि पार्टी संगठन सुदृढीकरण र वैचारिक राजनीतिमा सक्रिय रहेको बताएका छन्। “जनताको मूल्यांकन चुनावले नै गर्छ,” एक समर्थकले भने।







Discussion about this post