वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह र पूर्वमन्त्री प्रदीप यादवकी श्रीमतीले ‘निर्वाचन आचारसंहिता २०८२’ उल्लंघन गर्दै खुला चुनाव प्रचार गरेको भए पनि स्थानीय प्रशासनले कुनै कारबाही नगरेको छ।
सरकारी विद्यालयमा शिक्षिका रहेकी अन्नपूर्णा देवी मानन्धर र राहत शिक्षिका पिंकी यादवले बुधबार विभिन्न स्थानमा पार्टीको झण्डा र पम्पलेट वितरण गर्दै चुनाव प्रचार गरे। सामाजिक सञ्जालमा उनीहरूको प्रचार तस्बिरहरू व्यापक रूपमा साझा भए पनि महानगरपालिका वा प्रशासनबाट कुनै पहल भएको छैन।
वडा नं. ११ का पूर्व वडाध्यक्ष प्रद्युम्न सेढाईका अनुसार उनीहरूले नेकपा एमालेका उम्मेदवारलाई मत माग्दै प्रचार गरेको पुष्टि भएको छ। निर्वाचन आचारसंहिता अनुसार सरकारी कर्मचारी र शिक्षकलाई चुनाव प्रचारमा संलग्न हुन रोक लगाइएको छ।
शिक्षा महाशाखाका निमित्त प्रमुख आनन्द लामिछानेले भने, लिखित उजुरी आएमा कारबाहीका लागि प्रशासन कार्यालयमा पठाइने व्यवस्था रहेको र कार्यालयबाट मात्र कारबाही हुने प्रावधान रहेको जानकारी दिए।
स्थानीय बासिन्दा भने ठूला नेताहरूको परिवारले कानूनको पालना नगर्दा चुनावपछि सुरक्षा र सुव्यवस्थामा प्रभाव पर्ने बताएका छन्।







Discussion about this post