कडा सुरक्षाबीच बंगलादेशमा संसदीय चुनाव जारि

बंगलादेशमा आज कडा सुरक्षा व्यवस्था बीच संसदीय र संवैधानिक जनमतसंग्रह सञ्चालन भइरहेको छ। २०२४ को विद्यार्थी आन्दोलनपश्चात् पहिलो पटक आयोजित यो चुनावमा करिब १२ करोड मतदाताले नयाँ सरकार चयनका लागि मतदान गरिरहेका छन्।

बीबीसीका अनुसार मतदान बिहानदेखि सुरु भई बेलुका साढे ४ बजेसम्म चल्नेछ। मतगणना भोलिदेखि सुरु हुने बताइएको छ। प्रमुख प्रतिस्पर्धी दल बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) र जमात–ए–इस्लामीका शीर्ष नेताहरूले मतदान गरिसकेका छन्। बीएनपी अध्यक्ष तथा सम्भावित प्रधानमन्त्री उम्मेदवार तारिक रहमानले पनि मतदान गर्नुभएको छ।

युवा केन्द्रित नेशनल सिटिजन पार्टीका संयोजक नाहिद इस्लामले पनि मतदान गर्नुभएको छ। तर पूर्वप्रधानमन्त्री शेख हसिनाको अवामी लिग प्रतिबन्धका कारण यस चुनावमा सहभागी छैन।

सन् २०२४ को आन्दोलनपछि अन्तरिम सरकार गठन गरिएको थियो र नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा निर्वाचन भएको छ। देशभर सुरक्षा कडा पारिएको छ र करिब १० लाख सुरक्षाकर्मी परिचालन गरिएको बीबीसीले जनाएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित