हुन्डी कारोबार आरोपमा पक्राउ गुप्ता पुर्पक्षका लागि थुनामा

गैरकानुनी रूपमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको हुन्डी कारोबार गरेको आरोपमा पक्राउ परेका वीरगञ्जका प्रशान्तकुमार गुप्तालाई पर्सा जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ। वीरगञ्ज महानगरपालिका–१ निवासी गुप्ता गत १७ पुसमा ५० हजार रुपैयाँसहित पक्राउ परेका थिए।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार अनुसन्धानका क्रममा गुप्ताको विभिन्न बैंक खाताबाट २ अर्ब ४१ करोड ७८ लाख २३ हजार ३ सय रुपैयाँ बराबरको कारोबार भएको खुलेको हो। पर्सा प्रहरी प्रमुख सुदीप राज पाठकले सुरुवातमा सानो रकमसहित पक्राउ परेका गुप्ताको खाताको विस्तृत अध्ययन गर्दा ठूलो परिमाणमा आर्थिक कारोबार फेला परेको जानकारी दिए।

प्रहरीका अनुसार गुप्ताले भारतको रक्सौलबाट नेपाली रुपैयाँ हुन्डीमार्फत नेपाल भित्र्याई विभिन्न बैंक खातामा जम्मा गर्ने, त्यसपछि अन्य व्यक्तिको खातामार्फत रकम स्थानान्तरण गरी गैरकानुनी सम्पत्ति लुकाउने कार्य गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

उच्च परिमाणको बैंकिङ कारोबार पुष्टि भएपछि प्रहरीले संगठित हुन्डी कारोबार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा २ अर्ब ४१ करोड रुपैयाँभन्दा बढी बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो। सोही मुद्दामा अदालतले थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो।

प्रहरीका अनुसार गुप्ताको खातामा रहेको ३३ लाख रुपैयाँभन्दा बढी रकम समेत जफत गरिएको छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित