पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत वीरगञ्ज–१५ भिस्वामा नेपाली कांग्रेसका उम्मेदवारको घरदैलो अभियानमा स्थानीय सहभागिता न्यून भएको आरोप लगाइएको छ।
एक स्थानीय बासिन्दाले नाम नखुलाउने सर्तमा बताएका छन् कि घरदैलोमा बाहिरबाट परिचालित ‘पकेट कार्यकर्ता’ बढी देखिएका थिए, स्थानीय अनुहार कम देखिएको अनुभव गरिएको छ।
उक्त बासिन्दाले भने, “यदि स्थानीय नै साथमा छैनन् भने यसले असन्तुष्टि जनाउँछ, त्यसैले अब बदलाव आवश्यक छ।” घरदैलो कार्यक्रममा उम्मेदवारले विभिन्न टोलमा पुगेर मतदातासँग भेटघाट, समस्या सुन्ने र विकासका एजेन्डा प्रस्तुत गर्ने योजना राखेका थिए।
तर स्थानीयको न्यून सहभागिताले केही बासिन्दामा प्रश्न उत्पन्न भएको बताइएको छ।







Discussion about this post