पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आम जनता पार्टीकी उम्मेदवार रञ्जु शाहमाथि निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोप लागेको छ। स्थानीय सर्वसाधारण र राजनीतिक वृत्तले भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गर्दै तामझामपूर्ण शक्ति प्रदर्शन शैलीमा प्रचार गरिएको भन्दै कडा आलोचना गरेका छन्।
प्रत्यक्षदर्शीका अनुसार दर्जनौँ गाडीको काफिला, ठूलो भीड र होहल्लासहित गरिएको प्रचारले निर्वाचन आयोगका मापदण्डलाई चुनौती दिएको देखिन्छ। भारतीय गाडी प्रयोग गरेर गरिएको यस्तो गतिविधिले राष्ट्रिय स्वाभिमान र निष्पक्ष निर्वाचन प्रक्रियामाथि प्रश्न उठाएको स्थानीयहरूको भनाइ छ।
स्थानीय मतदाताहरूले चुनाव जनमतबाट जितिनुपर्नेमा जोड दिँदै डर र तामझामले मतदानको वातावरण प्रभावित हुने चिन्ता व्यक्त गरेका छन्। उनीहरूका अनुसार यस किसिमको प्रचारले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा नकारात्मक असर पार्न सक्ने जोखिम बढाएको







Discussion about this post