पर्सा–२ मा कांग्रेस दबाबमा, अजय चौरसियाको उम्मेदवारी चुनौतीको घेरामा

पर्सा निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार अजय कुमार चौरसियाको चुनावी हैसियत कमजोर बन्दै गएको संकेत देखिन थालेको छ।

जसपा नेपाल, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र अन्य दलहरूको तीव्र चुनावी गतिविधि, नयाँ नारा र आक्रामक प्रचारका कारण कांग्रेसको प्रभाव घट्दै गएको स्थानीयहरू बताउँछन्।

यसअघि यही क्षेत्रबाट निर्वाचित भई मन्त्रीसमेत बनेका चौरसियाप्रति अहिले मतदातामा असन्तुष्टि बढेको देखिन्छ।

पार्टीभित्र आन्तरिक असहमति चुलिँदै जाँदा कांग्रेसका नेता–कार्यकर्ता अन्य दलतर्फ आकर्षित भइरहेकाले संगठन कमजोर बन्दै गएको विश्लेषकहरूको भनाइ छ।

यसै क्रममा वीरगंज महानगरपालिका–२६ सुगौलीका कांग्रेसका पुराना नेता रामजी प्रसाद कुर्मीले पार्टी परित्याग गरेका छन्। उनको बहिर्गमनले सो क्षेत्रमा कांग्रेसको आधार थप कमजोर हुने आँकलन गरिएको छ।

पर्सा–३ बाट आएर पर्सा–२ मा उम्मेदवारी दिएका चौरसियामाथि ‘बाहिरिया उम्मेदवार’को आरोप, मन्त्री हुँदा विवादमा परेको स्मृति र अपेक्षित काम गर्न नसकेको गुनासो पनि उठ्दै आएको छ। यसपटक मतदाता आफ्नै क्षेत्रका उम्मेदवारतर्फ झुकिने संकेत देखिएको बताइन्छ।

आगामी निर्वाचनमा पर्सा–२ मा एमालेकी रिमा यादव, नेकपाका मनोज चौधरी, राप्रपाकी बिना जैसवाल र रास्वपाका सुशिल कानुलगायत उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

कांग्रेस नेतृत्वले प्रतिस्पर्धा अझै पनि आफ्नो वरिपरि हुने दाबी गरे पनि कमजोर संगठन, आन्तरिक असन्तुष्टि र पुरानै चुनावी शैलीका कारण मैदानमा कांग्रेस दबाबमा देखिएको स्थानीयहरूको विश्लेषण छ।

तपाईको सूचना हाम्रो समाचार भ्रष्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै अडियो तथा भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस । हामी श्रोत गोप्य राखिने छ । तपाईसँग कुनै लेख, रचना, विचार तथा स्तम्भ छन् भने हामीलाई news@stpkhabar.com मा पठाउनु सक्नुहुनेछ । तपाईका सामग्रीलाई हामी प्राथमिकताका साथ प्रकाशित गर्नेछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित