नेकपा एमालेबाट पर्सा क्षेत्र नं ३ का उम्मेदवार रुपेश पाण्डेप्रति स्थानीय मतदाताहरूको विश्वास कमजोर भएको देखिएको छ। पोखरिया क्षेत्रका बासिन्दाहरूले पाण्डे लामो समयसम्म घरबाहिर बस्दै आएको र जनताको सुख–दुःखमा अनुपस्थित रहेको आरोप लगाएका छन्।
स्थानीय नेताहरूले पनि पाण्डेमा भरोसा गर्नु पार्टीका लागि जोखिमपूर्ण हुने बताएका छन्। उनका अनुसार उनले टिकट पाउन अन्य दलसँग पहल गरेका थिए र सामाजिक सञ्जालमार्फत आफू एमालेमा प्रवेश गरेको हल्ला फैलाएको आरोप लागेको छ।
मतदाताहरूले भने, राजनीति सेवा गर्ने माध्यम भए पनि पाण्डेले समाजमा उल्लेखनीय सेवा नगरेको भन्दै आफ्नो परिवारप्रति नै जिम्मेवार हुन नसक्ने व्यक्तिले जनताप्रति कसरी जिम्मेवार हुन सक्छ भन्ने प्रश्न उठाएका छन्।







Discussion about this post