वीरगंज , २५ माघ –
आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।
मुम्बईको वाङ्खडे स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे सुरु हुनेछ।
प्रतियोगिता शनिबारदेखि सुरु भइसकेको छ र पहिलो दिनका खेलमा एसोसिएट टोलीहरूले टेस्ट राष्ट्रलाई कडा टक्कर दिएपछि नेपाली समर्थकहरू अझ उत्साहित बनेका छन्।
इंग्ल्यान्डविरुद्ध सुखद सुरुआतको अपेक्षासहित नेपाली दर्शकहरू खेल सुरु हुनुअघि नै स्टेडियम पुगिसकेका छन्।
आजै न्युजिल्यान्ड र अफगानिस्तानबीचको खेल सम्पन्न भइसकेको छ भने सबैको ध्यान अब नेपाल–इंग्ल्यान्ड भिडन्ततर्फ केन्द्रित भएको छ।







Discussion about this post