पिपुल फर्स्ट पार्टीका साझा उम्मेदवार जावेद एकबाल हैदरले पर्सा क्षेत्र नम्बर–१, वडा नम्बर–५ मा आज घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।
कार्यक्रमका क्रममा हैदरले स्थानीय दाजुभाइ–दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, गुनासा र सुझाव संकलन गर्नुभयो। उनले स्थानीय तहमा देखिएका विविध समस्या नजिकबाट बुझेर समाधानका लागि ठोस पहल गर्ने र जनताको आवश्यकता अनुसार विकासका कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
वडावासीहरूले उम्मेदवारप्रति पूर्ण समर्थन व्यक्त गर्दै परिवर्तनका लागि साथ दिने वचन दिएका छन्। “परिवर्तन अब टाढा छैन, हाम्रो साथ हाम्रो उम्मेदवारलाई” भन्ने नारासहित कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको थियो।







Discussion about this post